१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन



अ+ अ-

अमेरिका । अमेरिकाको बफेलो नायग्राफल्स क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन गरेका छन् ।

त्यस क्षेत्रमा रहेका नेपालीहरुबीच एकता आत्मियता र भाइचारा सम्बन्ध कायम गर्न संस्था गठन गरिएको बताइएको छ । लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आउनुभएका विष्णु काप्रीको अध्यक्षतामा गठन भएको संस्थामा उपाध्यक्ष–सुरेन्द्र बास्तोला, महासचिव– प्रमेश गिरी, सचिव सुमन बराल र कोषाध्यक्षमा ईना गौतम रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा संगीत बास्कोटा, हरि त्रिपाठी, कमल लामिछाने र यसोधा देवकोटा रहनुभएको छ । संस्थाको सल्लाहकारमा लोकनाथ अधिकारी, रामप्रसाद पाण्डे र रघु भट्टराई रहनुभएको छ ।

संस्थाले नेपाली कला संस्कृति र परम्परालाई जीवन्त राख्नका लागि विभिन्न अभियान सुरु गर्नुका साथै नयाँ पुस्तालाई नेपाली सस्कार र संस्कतिसँगै भाषा र सभ्यता सिकाउने लक्ष्यसमेत राखिएको जनाएको छ ।