• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

किन दिए प्रचण्ड, माधवले स्थानीय चुनाव भाँड्ने धम्की ?



काठमाडौ । पछिल्ला केही दिन यता सत्ता गठबन्धनका दुई शीर्षनेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकै दवाबमा परेका छन् । दीर्घकालसम्म सत्ता र राजनीतिमा स्थापित हुन सहकार्य गर्ने तयारीका साथ गठबन्धन बनाएका नेता यतिबेला धर्मराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको पार्टीको गठबन्धन प्राथामितकाको बिषयमा परेको छैन त्यसैले अधिकांश कांग्रेसका नेताहरु आगामी निर्बाचनमा काग्रेसले रुखमा मात्र भोट हाल्छ भनिरहेका छन् । तर माओबादी र समाजबादीका शीर्षनेताहरु भने गठबन्धन जसरी पनि कायम रहनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । 

तर शनिबारबाट यो पाटो केही चोटिलो बन्दै गएको छ । माओबादी अध्यक्ष दाहाल र समाजबादीका अध्यक्ष नेपाल कुनै पनि बेला सरकार बाट बाहिरिनुपर्ने र गठबन्धन टुट्ने आशंका गरिरहेका छन् । यसको छनक उनीहरुले आफुनिकट नेताहरुलाई पनि पनि सकेका बुझिएको छ । गठबन्धनमा पेचिलो बनेको बिषय अमेरिकी सहयोग परियोजना एमसीसीका कारण यतिबेला दाहाल र नेपाल अप्ठारोचेपमा परेका हुन् । 

प्रधानमन्त्री देउवा कुनै पनि अबस्थामा एमसीसी संसदमा प्रस्तुत गर्ने तयारीमा छन् भने अरु दुई नेता कुनै पनि हालतमा पेश गर्न नहुनेमा । तर ६ महिना भित्र एमसीसी पारित गर्ने प्रतिबद्धता पत्र पठाएका प्रचण्डले साथ दिन आनकानी गरेपछि प्रम देउवा पनि गठबन्धनको बिकल्प खोज्ने सन्देश दिएका छन् । केही दिनसम्म पाँच दल भए पनि एकै स्वरमा कुरा राख्दै आएका एकले अर्काको यति धेरै प्रशंसा गर्ने नेताहरबीच बिमति बढ्दै गएको छ । जसका कारण शनिबारको भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न समेत गरेको बालुवाटारको समाचार स्रोतले जानकारी दियो । 

प्रचण्डको यो प्रश्नलाई प्रधानमन्त्री देउवाले सामान्यरुपमा लिँदै सभामुख हटाउने विषयमा सत्यता नरहेको जवाफ दिएका थिए । यसको अर्थ उनीहरुबीच दिनप्रतिदिन यसरी बढ्दै गएको छ अविश्वासको भूमरी । प्रधानमन्त्री देउवाले जसरी एमसीसी संसदमा टेबुल गर्ने बताएपछि दाहाल र नेपाललाई नैतिक संकट परेको छ । न सरकारमा बसेर प्रस्तावको बिपक्षीमा मतदान गर्नु वा सरकारबाट बाहिरिनु एउटा निर्णय गर्नुपर्ने दबाब छ । 

शनिबारको भेटमा त दाहाल र नेपालले सरकारमा नै सहभागी भएको अबस्थामा प्रम देउवलाई चेतावनीको शैलीमा स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने सन्देश पनि दिए । आजको संवादमा प्रचण्डको भनाई थियो– यसरी जबर्जस्ती एमसिसीमात्र भन्ने हो भने राम्रो हुदैन, यस्तै हो भने स्थानीय निर्वाचन पनि पछि धकेलिन सक्छ । उनको होमा माधव नेपालले पनि हो मिलाएका थिए । उनीहरुले एकापसमा होमा हो मिलाएपछि देउवाले पनि आज कडा रुपमै प्रतिबाद गरेको बालुवाटारको दाबी छ । 

प्रधानमन्त्री देउवाको आक्रोसपूर्ण जबाफपछि दुई नेता अघि अघिका बैठकका तुलनामा केही निराश भएर बालुवाटारबाट बाहिरिएको स्रोतको दाबी छ । स्रोत भन्छ– आज अकस्मात स्थानीय निर्वाचनको प्रसंग उहाँहरुबाट आयो, यसले प्रधानमन्त्रीलाई पनि कडै रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आयो । प्रचण्ड र माधवले स्थानीय निर्वाचन मंसिरमा गर्नुपर्ने भन्दै आएकामा देउवाले नमानेकाले यसप्रति उहाँहरुको भित्रैदेखि असहमति रहेछ भन्ने पनि यसबाट प्रस्ट हुन्छ– बालुवाटार स्रोतले भन्यो ।