१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

किन दिए प्रचण्ड, माधवले स्थानीय चुनाव भाँड्ने धम्की ?

किन दिए प्रचण्ड, माधवले स्थानीय चुनाव भाँड्ने धम्की ?
अ अ+ अ-

काठमाडौ । पछिल्ला केही दिन यता सत्ता गठबन्धनका दुई शीर्षनेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकै दवाबमा परेका छन् । दीर्घकालसम्म सत्ता र राजनीतिमा स्थापित हुन सहकार्य गर्ने तयारीका साथ गठबन्धन बनाएका नेता यतिबेला धर्मराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको पार्टीको गठबन्धन प्राथामितकाको बिषयमा परेको छैन त्यसैले अधिकांश कांग्रेसका नेताहरु आगामी निर्बाचनमा काग्रेसले रुखमा मात्र भोट हाल्छ भनिरहेका छन् । तर माओबादी र समाजबादीका शीर्षनेताहरु भने गठबन्धन जसरी पनि कायम रहनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । 

तर शनिबारबाट यो पाटो केही चोटिलो बन्दै गएको छ । माओबादी अध्यक्ष दाहाल र समाजबादीका अध्यक्ष नेपाल कुनै पनि बेला सरकार बाट बाहिरिनुपर्ने र गठबन्धन टुट्ने आशंका गरिरहेका छन् । यसको छनक उनीहरुले आफुनिकट नेताहरुलाई पनि पनि सकेका बुझिएको छ । गठबन्धनमा पेचिलो बनेको बिषय अमेरिकी सहयोग परियोजना एमसीसीका कारण यतिबेला दाहाल र नेपाल अप्ठारोचेपमा परेका हुन् । 

प्रधानमन्त्री देउवा कुनै पनि अबस्थामा एमसीसी संसदमा प्रस्तुत गर्ने तयारीमा छन् भने अरु दुई नेता कुनै पनि हालतमा पेश गर्न नहुनेमा । तर ६ महिना भित्र एमसीसी पारित गर्ने प्रतिबद्धता पत्र पठाएका प्रचण्डले साथ दिन आनकानी गरेपछि प्रम देउवा पनि गठबन्धनको बिकल्प खोज्ने सन्देश दिएका छन् । केही दिनसम्म पाँच दल भए पनि एकै स्वरमा कुरा राख्दै आएका एकले अर्काको यति धेरै प्रशंसा गर्ने नेताहरबीच बिमति बढ्दै गएको छ । जसका कारण शनिबारको भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न समेत गरेको बालुवाटारको समाचार स्रोतले जानकारी दियो । 

प्रचण्डको यो प्रश्नलाई प्रधानमन्त्री देउवाले सामान्यरुपमा लिँदै सभामुख हटाउने विषयमा सत्यता नरहेको जवाफ दिएका थिए । यसको अर्थ उनीहरुबीच दिनप्रतिदिन यसरी बढ्दै गएको छ अविश्वासको भूमरी । प्रधानमन्त्री देउवाले जसरी एमसीसी संसदमा टेबुल गर्ने बताएपछि दाहाल र नेपाललाई नैतिक संकट परेको छ । न सरकारमा बसेर प्रस्तावको बिपक्षीमा मतदान गर्नु वा सरकारबाट बाहिरिनु एउटा निर्णय गर्नुपर्ने दबाब छ । 

शनिबारको भेटमा त दाहाल र नेपालले सरकारमा नै सहभागी भएको अबस्थामा प्रम देउवलाई चेतावनीको शैलीमा स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने सन्देश पनि दिए । आजको संवादमा प्रचण्डको भनाई थियो– यसरी जबर्जस्ती एमसिसीमात्र भन्ने हो भने राम्रो हुदैन, यस्तै हो भने स्थानीय निर्वाचन पनि पछि धकेलिन सक्छ । उनको होमा माधव नेपालले पनि हो मिलाएका थिए । उनीहरुले एकापसमा होमा हो मिलाएपछि देउवाले पनि आज कडा रुपमै प्रतिबाद गरेको बालुवाटारको दाबी छ । 

प्रधानमन्त्री देउवाको आक्रोसपूर्ण जबाफपछि दुई नेता अघि अघिका बैठकका तुलनामा केही निराश भएर बालुवाटारबाट बाहिरिएको स्रोतको दाबी छ । स्रोत भन्छ– आज अकस्मात स्थानीय निर्वाचनको प्रसंग उहाँहरुबाट आयो, यसले प्रधानमन्त्रीलाई पनि कडै रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आयो । प्रचण्ड र माधवले स्थानीय निर्वाचन मंसिरमा गर्नुपर्ने भन्दै आएकामा देउवाले नमानेकाले यसप्रति उहाँहरुको भित्रैदेखि असहमति रहेछ भन्ने पनि यसबाट प्रस्ट हुन्छ– बालुवाटार स्रोतले भन्यो ।