२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश नामकरण सम्बन्धी विधेयक प्रमाणीकरण



परशुराम खापुङ
अ+ अ-

विराटनगरः कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ आज प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विधेयक प्रमाणीकरणपश्चात् कानुनीरुपमा प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण कार्यालयमा ‘कोशी प्रदेश’ लेख्नुपर्नेछ ।

कोशी प्रदेश नामकरणकै विरोधमा अर्कोतिर दिनहुँजसो कोशी प्रदेशका विभिन्न स्थानमा प्रदर्शन जारी छ । सरकारले प्रदर्शनमा भाग लिइरहका व्यक्ति तथा समूहहरूलाइ वार्ताका लागि निमन्त्रण गरिसकेको छ, तर खास केही हुन सकेको छैन ।

कोशी प्रदेशको विपक्षमा उभिएकाहरूसँग हालको सत्तापक्षकै केही घटकहरू जोडिएको पनि बताइएको छ । रासस