१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश नामकरण सम्बन्धी विधेयक प्रमाणीकरण



परशुराम खापुङ
अ+ अ-

विराटनगरः कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ आज प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विधेयक प्रमाणीकरणपश्चात् कानुनीरुपमा प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण कार्यालयमा ‘कोशी प्रदेश’ लेख्नुपर्नेछ ।

कोशी प्रदेश नामकरणकै विरोधमा अर्कोतिर दिनहुँजसो कोशी प्रदेशका विभिन्न स्थानमा प्रदर्शन जारी छ । सरकारले प्रदर्शनमा भाग लिइरहका व्यक्ति तथा समूहहरूलाइ वार्ताका लागि निमन्त्रण गरिसकेको छ, तर खास केही हुन सकेको छैन ।

कोशी प्रदेशको विपक्षमा उभिएकाहरूसँग हालको सत्तापक्षकै केही घटकहरू जोडिएको पनि बताइएको छ । रासस