६ पुष २०८२, आईतवार
,
Latest
मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् । प्रधानमन्त्री कार्यालयले सो अवधिमा १ सय ५१ पत्र मन्त्रालय तथा निकायमा कार्यार्थ पठाएको छ । महाशाखा तथा शाखामा भने कार्यार्थका लागि १ सय ७७ वटा निवदेन पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयले १ सय ४० वटा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको भ्रमण स्वीकृत गरेको छ । दुईमहिने अवधिमा १७ विश्वविद्यालयसम्बन्धी पत्र पठाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार दुई महिनामा ५ हजार ५ सयपटक टेलिफोनबाट जनसम्पर्क गरी सेवा प्रवाहमा सहजीकरण तथा समन्वयकारी काम भएको छ । यस अवधिमा सचिवको ८८ स्वदेश भ्रमण भएका छन् । तीन महिनामा १८ पटक मन्त्रिपरिषद् बैठक बसेको छ । माघ, फागुन र चैतमा ६÷६ पटक बैठक बस्दा ३ सय ६३ निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो कार्यालयले बेरुजु फछ्र्योट अनुगमन तथा मूल्यांकन समितिको १ तथा निजामती अस्पताल बोर्डको ५ बैठक आयोजना गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्यमा सहजीकरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित बढुवा समितिको ९२ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ वटा बैठकमा मुख्य सचिवलाई सहभागी गराई कर्मचारी बढुवासम्बन्धी काम भएका छन् ।

तीन महिनामा ४ सय ५० व्यक्तिलाई भेटघाट व्यवस्था मिलाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सञ्चालन निर्देशक समितिको चारपटक बसेको बैठकमा सहभागीलाई बोलाउने, कार्यक्रम व्यवस्थापन, चियापान, कर्मचारी व्यवस्था, आवश्यक सामग्री उपलब्ध गराउनेसम्बन्धी कार्यमा समन्वय गरेको जनाइएको छ । सूचना हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक विवरणअनुसार माघपछि एक सचिवसहित चार कर्मचारीले अवकाश पाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार माघपछि एक सचिव, ६ सहसचिव र २२ कर्मचारी सरुवा भएका छन् । यस्तै, तीन सहसचिवसहित १५ कर्मचारी सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।