७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् ।

नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । छलफलमा सहभागी अधिकांश नेताले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

‘पार्टी एकताका लागि प्रधानमन्त्री इमानदार हुनुहुन्न, एकता वार्ताको नाममा अल्मल्याउने काम मात्रै भएको छ । आफू कमजोर भएको बेला वार्ताको नाटक गर्ने र अलि ठीक भएपछि कारबाहीको नाटक सुरु गर्ने देखिएको छ,’ केन्द्रीय सदस्य पन्तले राजधानीस“ग भनिन्, ‘वास्तवमा उहाँ पार्टी एकताको पक्षमै हुनुहुन्न ।’ 

बैठकमा धारणा राख्ने अधिकांश नेताले पार्टी पुनर्गठन गरेरै अघि बढ्दा ‘राम्रो हुने’ सुझाव दिएको उनले सुनाइन् । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि पार्टीलाई २ जेठ २०७५ कै नेतृत्व, कमिटी, विधानअनुसार अगाडि बढाउनुपर्ने र त्यसयताका निर्णय खारेज गर्नमा अध्यक्ष ओली सहमत नभए वार्ता गरिराख्नुको ‘कुनै अर्थ नभएको’ अर्का केन्द्रीय सदस्य राजेन्द्र राई बताउ“छन् ।

‘पार्टीको ९औं महाधिवेशनबाट निर्वाचित नेतृत्व, पारित विधान र प्रणालीअनुसार माओवादी केन्द्रस“ग एकता हुनुअघिको अवस्थामा ओली नफर्किए पार्टी पुनर्गठन गरेर अगाडि बढनुपर्छ,’ राई भन्छन्, ‘आफ्नो स्वार्थअनुसार अगाडि बढ्ने, विधि, विधान नै लत्याउने ओली असफल भएकाले प्रधानमन्त्रीबाट तुरुन्तै राजीनामा दि“दा राम्रो हुन्छ ।’

बैठकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने मागसमेत उठेको राई बताउँछन् । पार्टीलाई सही रूपमा अघि बढाउन १० औं महाधिवेशन तयारीमा जुट्नुपर्ने सुझावसमेत उनले दिए । यो समाचार राजधानी दैनिकमा छ ।