३ जेष्ठ २०८२, शनिबार
,
Latest
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन-चित्रबहादुर केसी भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा क्लब विश्वकपः चेल्सी च्याम्पियन



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति दुबईको अवुधाबीस्थित मोहम्मद बिन जायद मैदानमा भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । 

चेल्सीलाई च्याम्पियन बनाउन दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।

पाल्मेरसका राफेल भेइगाले गरेको गोल सान्त्वना गोल हुन पुग्यो । 

खेलको ५५ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६४ औं मिनेटमा राफाएल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मेरसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे । उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

चेल्सी पहिलो पटक क्लब विश्वकपको उपाधि जित्न सफल रह्यो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ । 

यसअघि २००८ मा म्यान्चेस्टर युनाइटेड र २०१९ मा लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको थियो ।