२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी र कोरियाली राजदूतले बुझाए ओहदाको प्रमाणपत्र



नेपालका लागि पाकिस्तानी राजदूत
अ+ अ-

काठमाडौं: नेपालका लागि नवनियुक्त पाकिस्तानी र दक्षिण कोरियाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत अबरार हुसैन हाश्मी र दक्षिण कोरियाली राजदूत पार्क तइयोङले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दक्षिण कोरियाली राजदूत

त्यस अवसरमा परराष्ट्रमन्त्री एनपी साउद लगायतका विशिष्ट पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।