१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

‘एमसिसीको विरोध राजनीतिक ‘स्पेस’ का लागि मात्रै’

‘एमसिसीको विरोध राजनीतिक ‘स्पेस’ का लागि मात्रै’
अ अ+ अ-

काठमाडौं I अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई विरोधीहरुले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । अर्थविद, राजनीतिक विश्लेषक, कानुनविद् एवम् यस सम्बन्धी जानकारहरुले एमसिसीलाई देशको हित विपरीतमा छ भनी अपव्याख्या गरेर जनसाधारणमा अफवाह फैलाउनु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो । लोकपथ डटकमले आज यहाँ आयोजना गरेको ‘एमसिसीको यथार्थ र आवश्यकता’बारेको अन्तरक्रियामा वक्ताहरुले नेपालजस्तो विकासोन्मुख देशका लागि एमसिसी परियोजनामार्फत हुने लगानी अपरिहार्य भएकाले यसलाई फिर्ता गर्न नहुने धारणा राख्नुभयो । साथै उहाँहरुले एमसिसी नेपालबाट फिर्ता भए एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तरराष्ट्रिय दातृ निकायले नेपाललाई सहयोग गर्दैनन् भन्दै यसबाट नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले एमसिसी परियोजनालाई लिएर भइरहेको विरोध देखावटी मात्र भएको र राजनीतिक ‘स्पेस’ दिनलाई विरोध गरिएको टिप्पणी गर्नुभयो । “एमसिसीको विरोध ओपन सेक्रेट छ, यो परियोजनाको सम्झौतामा को को सहभागी थिए, त्यसैले अहिलेको विरोध राजनीतिक स्पेसका लागि देखावटी मात्रै हो ।” उपाध्यक्ष पौडेलले नेपालसँग लामो सम्बन्ध रहेको अमेरिकासँगको सम्बन्धलाई बिगार्न नहुने बताउनुभयो । ठूला विकासे परियोजनामा सधैँ बखेडा झिकेर देश विकासमा कस्तो असर पर्छ भन्ने विगतका उदाहरणबाट सिकेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले अमेरिकासँग नेपालको लामो सम्बन्ध रहेको चर्चा गर्दै एमसिसीको गलत व्याख्या गरेर जनमानसमा हौवा फिजाएर कूटनीतिक सम्बन्धलाई कमजोर तुल्याउन नहुने धारणा राख्नुभयो । उहाँले उक्त परियोजनाको रकम सडक सञ्जालको विकास र विद्युत् प्रसारण लाइन निर्माणका निम्ति अनुदान भएको स्पष्ट पार्नुभयो । जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानले एमसिसीको विरोध गर्नु राजनीतिक बेइमानी भएको र यो परियोजनालाई ठूला मिडियाले पनि साथ नदिएको गुनासो गर्नुभयो । उहाँले विगतमा अरुण तेस्रो आयोजना रोकिएर भूटानभन्दा पछि परेको देशको अवस्थालाई बुझेर पनि एमसिसी परियोजनालाई फर्कन दिन नहुने जिकिर गर्नुभयो । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसिसीलाई राजनीतिक रङ्ग दिएर विरोधीले परियोजनाको अपव्याख्या गर्नु राष्ट्रहित विपरीत भएको तर्क गर्नुभयो ।

अर्का राजनीतिक विश्लेषक सरोज मिश्रले एमसिसी परियोजना नेपालले नस्वीकारे विदेशी लगानी नभित्रने आशङ्का व्यक्त गर्नुभयो । विश्लेषक विजय मिश्रले एमसिसी परियोजनालाई राष्ट्रघाती भनेर जनतामा भ्रम सिर्जना गर्न कतिपय दलहरु लागेको धारणा व्यक्त गर्नुभयो । यस्तै, प्राध्यापक कपिल श्रेष्ठले एमसिसीबारे भएको झुटको खेतीले जनसाधारणमा भ्रम पारेको बताउनुभयो । कानुनविद् सेमन्त दाहाल एमसिसी परियोजनालाई लिएर विरोध गर्नुको कुनै औचित्य देख्नुहुन्न । स्तम्भकार हरिविनोद अधिकारी पनि एमसिसीबारे संसद्लाई नै सार्वभौम अधिकार प्रयोग गर्न दिइनुपर्ने धारणा राख्नुहुन्छ । प्राध्यापक कृष्ण हाथेछुले एमसिसीको आवश्यकता र औचित्यका आधारमा निर्णय गरिनुपर्ने बताउनुभयो ।