४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा लागेको डढेलोले न्यूयोर्क शहर प्रदुषित



अ+ अ-

एजेन्सी । क्यानडाको क्यूबेक र अन्टेरियामा लागेको डढेलोका कारण छिमेकी मुलुक अमेरिकाको न्यूरोर्क शहर प्रदुषित बनेको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार डढेलोका कारण न्यूयोर्कमा धुँवा फैलिँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

अत्यधिक धुँवाका कारण बालबालिकाहरु घरबाहिर निस्कन पाएका छैनन् भने हवाई उडान पनि प्रभावित बनेको छ । न्यूयोर्कका  लाखाैँ मानिसहरु अस्वस्थ हावामा श्वास फेर्न बाध्य भएका छन् ।

समाचार अनुसार अमेरिकाको पूर्वी क्षेत्रका ७५ मिलियन मानिसहरु एयर क्वालिटीकाे अलर्टमा छन् । फिललान्डेल्फिया, जर्सी सिटी, न्यू जर्सी, न्यू हेभल, कनेक्टिकट क्षेत्रमा दुषित हावा २०० देखि ३०० सम्म मापन गरिएको छ । जुन निकै अस्वस्थ मानिन्छ ।

न्यूयोर्कमा भने एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४८४ सम्म पुगेको छ । जसलाई निकै खतरनाक मानिन्छ । जुन न्यूयोर्कको हकमा सन् १९६० यताकै सबैभन्दा प्रदुषण हो । क्यानडामा भइरहेको आगलागी नियन्त्रणका लागि अमेरिकी सरकारले ६०० भन्दा बढी अग्नि नियन्त्रक पठाएर सहयोग गरिरहेको छ । यसका लागि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिनुभएको छ ।