• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो



एजेन्सी । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो(अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नु भएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।