१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन

५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन
अ अ+ अ-

काभ्रेपलाञ्चोक ।  ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो । 

मेला समापनका दिन शनिबार राजधानी काठमाडौँको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा–पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।

 काठमाडौँबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो । 

शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिनुभयो ।

 “कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका थिए । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।

 राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ ।

 इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिँदै आइएको छ । मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ । मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “भारतबाट समेत मेलामा सहभागिता जनाइएको छ, मेला सभ्य र भव्य बनाउन नगरपालिकाले विविध व्यवस्थापन गरेको थियो ।” अन्तिम दिन सार्वजनिक बिदाका दिनसमेत परेकाले ट्राफिक व्यवस्थापनमा निकै हम्मेहम्मे परेको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार कोरोनाको जोखिम नभए ७० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको थियो । मेला व्यवस्थापनका लागि नगरपालिकाले रु आठ करोडभन्दा बढी खर्च गरेको थियो । 

नगरपालिकाले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनको काम गरेको थियो । 

हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका कामसमेत गरिएको थियो भने सँगसँगै मेला प्रवद्र्धनका कार्यक्रमसमेत भएका थिए । मेलालाई थप व्यवस्थित बनाउन नगरपालिकासँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति गरिएका थिए । 

जिल्ला प्रशासन कार्यालयले गत पुस अन्तिम सातादेखि कोरोना सङ्क्रमण बढ्दै गएपछि मेला–महोत्सव स्थगन गरी स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा पनौतीस्थित त्रिवेणीघाटमा स्नान मात्रै गर्न दिएको थियो । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । 

पनौतीका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी–लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाइएको थियो । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको थियो । 

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभइ सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगारेका थिए । पनौतीभित्रका मठ–मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलिमिली बनाइएको थियो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका थिए । 

मेलालाई थप व्यवस्थित गर्न श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरी बेलिब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबाँया पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना निर्माण गरिएको थियो । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने र रथको आवश्यक मर्मत गरेको थियो । 

पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिएका थिए । नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको थियो । (रासस, राजकुमार पराजुली)