२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

प्रधानन्यायाधीश: अवहेलना मुद्धा चलाउँ ? महान्यायाधिवक्ता: प्रश्न उठाउँदैमा कारबाही भोग्नुपर्ने ?

प्रधानन्यायाधीश:  अवहेलना मुद्धा चलाउँ ? महान्यायाधिवक्ता: प्रश्न उठाउँदैमा कारबाही भोग्नुपर्ने ?
अ अ+ अ-

काठमाडौ। संसद विघटनको विषयमा प्रधानमन्त्री केपी ओलीलाई बिपक्षी बनाएर शुरु भएको मुद्धाको प्रारम्भमै विवाद देखिएको छ । तर त्यो विवाद मुद्धामा या मुद्धाको बहसमा भने होइन । किनभने मुद्धाले बहसमा प्रवेश पाएकै छैन । 

विवाद इजलाश र वकिलबीच शुरु भयो । र आज पनि त्यो विवाद जारी नै रह्यो । विवादकै बीच आज यस्तो अवस्था देखियो कि प्रधानन्यायाधीशले सरकार पक्षका वकिललाई कारबाही गर्ने चेतावनी दिनुपर्यो भने उता ती वकिलका तर्फबाट महान्यायाधीवक्ताले भने के प्रश्न उठाउँदैमा कारबाही भोग्नुपर्ने हो भनेर कडा प्रश्न तेर्साए । 

प्रतिनिधिसभा विघटनका मुद्दा आज फेरि ११ न्यायाधीशले मुद्धा नै हेर्न नमिल्ने भनी अधिवक्ताहरू निवेदन लिएर गएपछि  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन फिर्ता लिन वा अवहेलनाको कारबाही भोग्न तयार हुन आदेश दिए । 

आइतबारको इजलास सुरु हुनेबित्तिकै अधिवक्ताहरुले निवेदन पेस गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश जबराले भने, इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईंहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था हुन्न ।

अदालतको अवहेलना चलाउनुपर्ने अवस्था हुन्छ । फिर्ता लिनुहुन्छ या अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने हो । ११ न्यायाधीशले हेर्न नमिल्ने र आनन्दमोहन भट्टराईले हेर्न नमिल्ने लगायतका विषय राखेर निवेदन पेस भएको थियो । प्रधानन्यायाधीशले फिर्ता लिन भने पनि निवेदकले मानेका छैनन् । 

राणाको यो आदेशपछि महान्यायधिवक्ता रमेश बडाल पनि कड्किए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता रमेश बडालले कड्किँदै भने, श्रीमान् के प्रश्न उठाउँदैमा कारबाही भोग्नुपर्ने हो ? प्रधानमन्त्री केपी ओली पक्षका वकिलले पूरक रिट निवेदक ल्याएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फिर्ता नलिए कारबाहीको भागिदार हुने चेतावनी दिएपछि महान्यायाधीवक्ता बडाल बहसमा उत्रिँदै यो प्रश्न गरेका थिए । 

‘पाँच जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभयो उहाँहरुको आदेश मान्ने की नमान्ने भन्ने प्रश्न छ’, उनले भने, ‘यो अस्ति लेखेको राय के हो ?’ जेठ १८ गतेको इजलासको राय देखाउँदै उनले अगाडि भने, ‘यो आदेशमा प्रधान न्यायाधीशको हस्ताक्षर खै रु हाम्रो न्यायिक प्रणालीलाई हामीले कुन दर्जामा राख्ने रु निवेदकले प्रश्न उठाए ठिक अनि अरुले प्रश्न उठाउँदा चाहिँ कारवाहीको भागिदार हुनुपर्ने यो कस्तो बिडम्बना हो ? ’