१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

न्यायपालिकामा देखिएको अवरोध फुकाउन महाअभियोगः मन्त्री बडु

न्यायपालिकामा देखिएको अवरोध फुकाउन महाअभियोगः मन्त्री बडु
file photo
अ अ+ अ-

काठमाडौँ। कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकामा देखिएको अवरोध फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् । 

आइतबार महाअभियोग दर्ता गर्न संसद सचिवालय पुगेका बडुले न्यायपालिकामा अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता भएको बताए ।

न्यायपालिका स्वतन्त्र निकाय रहेको र यस क्षेत्रलाई स्वतन्त्र रुपमै चल्नदिनुपर्ने भन्दै प्रधानन्याधिशलाई निकास दिन आग्रह गरेपनि अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता गर्नुपरेको उनको भनाई छ । 

महाअभियोग पास हुनको लागि दुई तिहाई सांसदको समर्थन चाहिने भन्दै न्यायलयको लागि सांसदहरुले समर्थन गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । यस्तै, उनले सांसदहरुले विवेक प्रयोग गरेर समर्थन गर्न पनि आह्वान गरे । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा आइतबार विहान महाअभियोग दर्ता भएको छ । 

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् ।