२३ असार २०८३, मंगलवार
,
Latest
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ६१ दिनयता सब भन्दा कम कोरोना सङक्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ ।  कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ । 

त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ  । गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन् । 

 हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।