६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योलमै



symbolic picture of vaccine
अ+ अ-

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।

ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा ? उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् ।

तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ । त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने ? अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।