२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय गोलमा सुनील क्षेत्रीले मेसीलाई उछिने



अ+ अ-

एजेन्सी । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनल मेसीलाई उछिनेका छन् । 

विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा बंगलादेशविरुद्धको खेलमा २ गोल गर्दै क्षेत्रीले मेसीलाई उछिनेका हुन् । 

उक्त खेलमा भारत २–० ले विजयी बनेको थियो । क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा विश्वकप २०२२ को छनोटमा भारतले पहिलो जित पनि हात पारेको छ । भारतले खेलेका ७ मध्ये यसअघि ३ खेलमा बराबरी र ३ मा हार ब्यहोरेको थियो । 

योसँगै सुनीलले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन् ।

सन् २००५ को जुन १२ मा पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका उनले अहिलेसम्म ११७ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  

समूह ‘ई’ मा रहेको भारत ६ अंकसहित तेस्रो स्थानमा छ । समूहमा कतार २२ अंकसहित पहिलो र ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यता मेसीले भने गत बिहीबार चिलीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै आफ्नो गोलसंख्या ७२ पुर्‍याएका थिए । मेसीले अर्जेन्टिनाबाट १४३ खेल खेलेका छन् । सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी १०३ अन्तर्राष्ट्रिय गोल रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी इरानका अली दाई हुन् । उनले १४९ खेलबाट १०९ गोल गर्दै कीर्तिमान बनाएका छन् ।