• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

बयानकै आधारमा कसैलाई समाउन मिल्दैन, प्रहरीले तथ्य खोज्दैछ– गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बयानमात्रै नभई तथ्य प्रमाणको आधारमा अगाडि बढाइरहेको बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि ध्यानाकर्षण गराउन गृह मन्त्रालय पुगेको नेकपा एमालेनिकट युवा संघको टोलीलाई उहाँले भन्नुभयो, “‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी छ । कसैले भन्दिएको भरमा प्रहरीलाई बुझाउने पनि मिल्दैन होला । कोही मुछ्‌न थियो या कोही आउनुपर्ने पनि आएनन् भन्ने पनि छ । निष्पक्ष ढंगले प्रहरीले अगाडि बढाइरहेको छ ।”

गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने भन्दै राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा फड्को मार्न नसकेको बताउनुभयो ।

सो अवसरमा अपुरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको भन्दै युवा संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको बताउनुभयो ।