६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै  अक्सिजन प्लान्ट वा ट्याङ्कहरू मर्मत जडान जतिसक्दो चाँडो  गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । 

त्यसैगरी, खाली सिलिन्डर जतिसक्दो  चाँडो  सम्बन्धित उद्योगलाई  उपलब्ध  गराउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले मुलुकको विभिन्न   भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ, 'ती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने  हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई  अप्ठ्यारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति, संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ  ।'

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।