२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै पत्रकारले खोप पाउनुहुन्छ- कानूनमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताउनुभएको छ । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उहाँले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उहाँले बताउनुभयो । कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको काउन्सिलका सदस्य गणेश पोखरेलले बताउनुभयो ।

छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासङ्घका प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

पत्रकार महासङ्घका प्रदेश अध्यक्ष घिमिरेले कोभिडबाट प्रभावित सञ्चारकर्मीका लागि लेखनवृत्ति दिइनुपर्ने माग गर्नुभयो । महासङ्घका प्रदेश सल्लाहकार मोहन काजीले कोभिडका कारण बन्द हुन पुगेका पत्रपत्रिकाको डिजिटल संस्करण व्यवस्थित गर्नका लागि पत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा एक वर्षसम्म स्वतः उपलब्ध गराउन सुझाव दिनुभयो । रासस