काठमाडौ । गायक डेनी जेन्जोङ्पाले गाएको गित रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माँझमा, मनको रहर ,कान्छीलाई घुमाउने काठमाण्डौ सहर भने जस्तै साझँको समयमा काठमाडौ निकै सुन्दर देखिएको छ ।
लकडाउनका कारण केही चकमन्न जस्तो देखिएको काठमाडौ रातको समयमा देखिएको सुन्दरता निकै लोभलाग्दो देखिएको छ । कुनै चित्रकारले बनाएको क्यानभास जस्तो देखिने रातको काठमाडौलाई बरिष्ठ फोटो पत्रकार बिदुर पाण्डेले आफनो क्यमरामा कैद गर्नुभएको छ । हेरै सुन्दर तस्वीरहरु