६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गम्भीर संक्रमितको संख्या घट्दै, जोखिम भने कायमै



अ+ अ-

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।