२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

पदमा बस्दा सम्म खोप खरिदमा खोचे , मन्त्रीबाट बाहिरिएपछि पानीमाथिको ओभानो बन्दै त्रिपाठी

पदमा बस्दा सम्म खोप खरिदमा खोचे , मन्त्रीबाट बाहिरिएपछि  पानीमाथिको ओभानो बन्दै त्रिपाठी
अ अ+ अ-

काठमाडौ ।  
स्वास्थ्य मन्त्रालयका वरिष्ठ कर्मचारीहरुले पूर्व स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीकै कारणले भारतबाट दोस्रो डोजको खोप आउन नसकेको कुरा स्पष्ट रुपमा बताइरहेकै बेला  मन्त्री त्रिपाठीले भने हतार हतार पानीमाथिको ओभानो बन्ने प्रयास गर्नुभएको छ । 

पहिलो डोज खोप लगाइसकेर दोस्रोका लागि चारदेखि छ हप्ताको समय दिइसकेको नेपाल सरकारले खोप किन्न ताकेता पनि गरेको हो । तर खोप खरिदमा जस्तो बिषयको फाइल मन्त्रालयभित्र घुमाउदा घुमाउँदै नेपालले एड्भान्स तिरेको खोप समेत पाउन सकेको छैन ।

शुरुमा नेपालले किन्ने भनेर भारतको सेरम इन्स्टिच्युटलाई नेपाल सरकारले एड्भान्स नै पठाएको थियो । तर चार हप्ता मन्त्रीले आलटाल गरे त्यतिबेलासम्म भारतमा महामारीले उग्र रुप लिइसकेकोले  केन्द्र सरकारले नै औषधि निर्यात नगर्ने नीति बनायो ।  

त्यो खोप नेपाल सरकारले सिधै किनेर ल्याए हुनेमा उनले कमिसनका लागि नेपाली कम्पनी तथा एजेन्ट खोजे । त्यो एजेन्टसँग कमिसनको प्रतिशतमा कुरा नमिलेपछि उनैले त्यो कम्पनीलाई नै दोषी देखाएर आफू चाहिँ उम्किए ।  दोषी पनि यसरी देखाए कि सरकारले दिनसक्ने भन्दा बढी कमिसन लिन खोजेकोले खोप ल्याउन सकिएन भनेर आफैले समाचार लेखाएर आफू चाहिँ पानीमाथिको ओभानो बनेर मन्त्रीकै कुर्सीमा बसे । 

यसरी कमिसनका लागि महिना दिनभन्दा लामो समयदेखि मन्त्रालयका ओल्लो र पल्लो कोठमा फाइला घुमाउँदा घुमाउँदै ढिला भयो र उता भारतमा महामारीको दोस्रो लहर निकै चर्काेगरी बढिसक्यो ।  त्यसपछि भने भारत सरकारले आफ्नै देशमा खोप नपुग्ने भएपछि निर्यात नगर्न अदालतले नै आदेश दियो । स्वास्थ्यका उच्च पदस्थ कर्मचारी भन्छन्– मन्त्री सकारात्म भएको भए र फाइल समयमै अघि बढाएको भए उतिबेलै नेपालले खोप ल्याइसक्थ्यो, किनभने त्यो पैसा तिरेर ल्याउने चिज थियो ।  

इता ढिला भइसक्यो र समयमै खोप ल्याउन नसक्ने पक्का भएपछि अनि उनले अरुलाई दोष देखाएर उम्किएर बसे ।  एकातर्फ देशमा यस्तो महमारी बढिरहेको छ भने अर्कातिर नागरिकले पहिलो डोज मात्र खोप लगाएर अर्काे डोज कुरेरै बसेका छन् । तर खोप कहिले आउने त्यसको कुनै अत्तो पत्तो छैन । पहिले सरकारले दोस्रो डोजका लागि पुग्दो रुपमा खोप छ भन्थ्यो तर अहिले ज्येष्ठ नागरिकको पालोमा पुगेर अड्किएको छ । 

अष्ट्राजेनिकाको खोप उत्पादक भारतको सिरमको नेपाली एजेन्ट हुकम डिस्ट्रिब्युटर्स हो र त्यो विजय दुगड, अभिषेक दुगड, सुरज बैद्य र ऋतुसिंह बैद्यका नाममा छ । आखिर मन्त्री त्रिपाठीले यीनैलाई दोष देखाएर उम्किए । बदनाम एजेन्टहरु भए तर मन्त्रीको कुर्सी हल्लिएन, उल्टै पुनर्नियुक्ति भए ।   

उल्टै खोप दिने चीनमाथि दोष  

हालै चीनले नेपाललाई दश लाख कोरोनाको खोप पठाइदियो । त्यो खोप चीनले नेपालसम्म नै निःशुल्क ढुवानी पनि गरिदिएको छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि चिनफिङसँग अनुरोध गर्नुभएको थियो  । सो फोनको चिनियाँ राष्ट्रपतिले तत्कालै रेस्पोन्स गरेर खोप पठाइदिएका छन् । 

तर भण्डारीले अरु देशका पनि राष्ट्रपतिहरुलाई फोन गर्नुभयो  तर खोप आएको छैन । भारतका राष्ट्रपतिले त हाम्रो अनुरोधको रेस्पोन्स नै गरेनन् भन्दा पनि हुन्छ । तर उता संकट परेका बेला उता चीनबाट हामीलाई सहयोग प्राप्त भएको छ । 

तर यता मन्त्री त्रिपाठीले भने आफूले खोपका नाममा सिन्को भाँचेनन्, बरु उल्टै कमिसन खान नपाएर आउने भएको खोप समेत आउन दिएनन् । तर यता चीनको सहयोगलाई भने अवमूल्यन गर्ने काम गरे । 

जस्तो कि उनी मन्त्रीबाट निस्कासनमा परेपछि मिडिया बोलाएरै अन्तर्वार्ता दिने गरेका छन् र सबैतिर उनले चीनले खोपको मूल्य खुलाउन नचाहेकोले किन्न सकिएन भनेका छन् । 
त्यसो त चीन नेपाललाई खोप बेच्न खोजेको थिएन । औषधिजस्तो कुरा सबै निःशुल्क नै दिँदा पनि त्यसको अवमूल्यन हुन्छ भनेर केही अर्थात् सूचना पाएसम्म बढीमा एक अमेरिकी डलर भित्रमै चीन खोप दिन चाहन्थ्यो । 

तर यीनलाई त्यसैमा पनि कमिसन खानु थियो । त्यसैले उनले त्यो फाइल पनि मन्त्रालयमै अड्काए । मित्र राष्ट्रले संकट परेका बेलामा खोप सित्तैमा दिन्छौँ भन्दा पनि यीनलाई कमिसन चाहिएको कुरा स्वयं मन्त्रालयका वरिष्ठ कर्मचारीहरु नै बताउँछन् । उनले यसअघि पनि चीनले खोप दिन खोजेको तर स्वास्थ्य मन्त्रालयले फाइल अघि नबढाएको भनी आएको समाचारको खण्डन गर्दा खोप दिने चीनको कम्पनीको ठेगाना नै पत्ता नलागेको भन्नेजस्तो गैरजिम्मेवार जवाफ मन्त्रालयमा अधिकारीहरुले दिएका थिए । 

उता बेइजिङस्थित नेपाली दूताबासमा सम्पर्क गर्दा नेपालबाट चीनको त्यस्तै कुनै कम्पनीको खोजी नभएको बताउँछ । अनि मन्ँत्रालयका अधिकारीहरुले  चिनियाँ कम्पनीको ठेगाना कहाँ खोजेछन् ? 
प्रधानमन्त्रीलाई यो कुराको सुइँको थियो र यीनलाई स्वास्थ्यमन्त्रीबाट निकाल्ने तयारीमा थिए । उनले खोपका लागि भारतीय कम्पनी र चीन सरकारसँग गरेका बार्गेनिङको यथार्थ प्रधानमन्त्रीलाई थाहा नै थियो । 

यो थाहा पाएका मन्त्री त्रिपाठी आफू मन्त्रीबाट निकालिएपछि पनि मिडिया बोलाएरै भनेका थिए कि आफूभन्दा जुनियर राजेन्द्र महतो र रघुवीर महासेठ उपप्रधानमन्त्री भएपछि आफू नै मन्त्रीमा बस्न नचाहेको भनेर प्रचार गराएका थिए ।  

उनले मन्त्रालयमा छँदा भ्रष्टाचार नगरेको भए त यसरी आफू किन निस्कासनमा परेको हो भन्ने स्पष्टिकरण दिँदै हिँड्नै पर्दैतथ्यो नि ।  त्यसैले यीनले चीनबाट किन खोप नलिएको भन्ने बारेमा पनि पानीमाथिको ओभानो बन्दै खुट्टो उचाल्दै मिडियाबाजी गर्दै हिँडेका छन् ।