९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो एक इन्च जमिन पनि अरुलाई छाड्दैनौं– प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’

प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने बताए ।