२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

देशभरका युवा पंक्तिको मन जितेको छु, जीवनमा पद प्राप्ति ठुलो बिषय होइन : महेश बस्नेत

देशभरका युवा पंक्तिको मन जितेको छु, जीवनमा पद प्राप्ति ठुलो बिषय होइन : महेश बस्नेत
file
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले देशभरका एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेको बताएका छन् । बिहिवार बस्नेतले आफूलाई मन्त्री बन्नबाट रोक्ने केही नेताहरु लाई लक्षीत गर्दै आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय नभएको उल्लेख गरेका हुन् । 

आज फेसबुकमा आफ्नो धारणा प्रष्ट पार्दै बस्नेतले लेखेका छन्, ‘मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’ उनको संकेत प्रधानमन्त्रीको सल्लाकार र केही नेताहरुप्रति थियो । 

अपरान्ह ३ बजेसम्म खगराज अधिकारी र महेश बस्नेतमध्ये कस्लाई बनाउनेबारे प्रधानमन्त्री ओली निश्चित भइसकेका थिएनन् । बस्नेतको गृहमन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो । तर, प्रधानमन्त्री ओलीका केही सल्लाहकारले बस्नेतको पृष्ठभूमि विवादास्पद भन्दै रोकेको बुझिएको छ । यसप्रति बस्नेत निकै आक्रोशित भई भविष्यमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

बस्नेतले लेखेका छन्ः मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि १

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अबसर्बादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।