६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले महाधिवेशन : वडादेखि केन्द्रसम्म मिति हेरफेर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो । यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिकता गुम्ने अवस्था छ ।

कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो रु’ खुलाइएको छैन । स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।

‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।