३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग

आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग
अ+ अ-

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले आगामी वर्षको बजेटमा सरकारले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि अनुदानलाई प्रभावकारी बनाउनु पर्ने, कृषकका उत्पादनहरुलाई बजारीकरण गर्ने र उत्पादन राख्ने चिस्यानकेन्द्रहरु स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बजेटमार्फत पुराना बीउ बिजनहरुलाई कसरी प्रोत्साहन गर्ने ? कृषि उद्योगमा लगानी गरेर ब्याजमा अनुदान दिने कुरा मापदण्ड नबनेकाले गत वर्ष त्यत्तिकै भयो, कृषि उद्योगलाई ब्याजमा अनुदान दिनेकुरा नीति तथा कार्यक्रममा छ, त्यो मापदण्ड बनाउन कृषि मन्त्रालय काम नगरेको तर राष्ट्र बैंक र अर्थमन्त्रालय सकारात्मक रहेको भन्ने छ, त्यो सत्य के हो बुझ्नुपर्छ । त्यस्तो हो भने आगामी वर्षमा कृषकका उत्पादन राख्ने ठाउँमा लगानी गर्नुपर्छ । वास्तविक किसानले अनुदान नपाएको गुनासो छ, त्यसलाई अनुसन्धान गर्न जरुरी छ । मलखाद वितरणमा अनियमितता भयो भन्नेकुरा छ, अनुगमन बढी हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले मलखाद भारतबाट मात्रै नभइ चीन सरकारबाट पनि ल्याउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चीनबाट ल्याउँदा छिटो र सहजै आउने भएकाले मलखादका लागि चीन सरकारस्ँग सम्झौता अघि बढाउन सुझाव दिनुभयो ।

उहाँले भन्न्ुभयो, ‘हामीले भारततिर मात्रै मलको लागि सम्झौता गर्ने भन्दा पनि चीनतिर गर्दा के हुन्छ ? मल तातोपानी नाकातिर पनि, मन्त्रीज्युहरुसँग पनि भेटघाट भइरहेको छ, चीनसँग हामीले सम्झौता गरौँ न, छिटो र सहज पनि हुन्छ । मन्त्रालयले चीनसँग संयोजन गरेर बाटो सहज गर्नुपर्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्दकुमार सिंह यादवले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्दा उत्पादनमा कमी भइरहेको बताउनु भयो । उहाँले सरकारले हालसम्म बजेटको २ प्रतिशत भन्दा बढी कृषिमा लगानी नगरेकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यले नै कृषि क्षेत्रलाई बेवास्ता गर्दै आएको छ । अहिलेसम्म सम्पूर्ण बजेटको २ प्रतिशत भन्दा बढी कृषिमा दिएको छैन । बजेटमा कृषिमा बढी लगानीको व्यवस्था गर्नुपर्छ । कृषिमन्त्रीलाई मन्त्रीपरिषद्मा अर्थमन्त्री लगायत अन्य मन्त्रीसँग झगडा नै गरिराख्नुपर्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले सबैकुरा आउने गरेपनि मन्त्रालयका मन्त्री र कर्मचारीहरुको इमान्दारिता नहुँदा कृषि क्षेत्रले समस्या व्यहोर्नुपरेको बताउनु भयो । उहाँले सिंचाईको अवस्था अहिले पनि दयनीय रहेको भन्दै सरकारले कृषिको उत्पादन बढाउन सिंचाईको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैकुरा राम्रै आउँछन्, त्यसमा इमान्दारिता नपुगेको हो की , अर्थतन्त्र बिग्रिएको छ भन्छौँ, यसो गर्नुपर्छ, उसो भन्नुपर्छ, आफूले नै जिम्मा लिँदा के हेरेर बसेको जस्तो छ । कृषि उत्पादन भन्छौँ, सिंचाईको अवस्था हेर्ने हो भने दुई वटा सिंचाई योजना छ, दुई वटै जनताले आकाश हेर्नुपर्छ धान रोप्ने बेलामा । यो सबै केले रोकेको छ । खरिद ऐनको बारेमा विस्तृत छलफल हुनुपर्छ ।’