२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा उक्लिँदा आर्मीमाथि एपिएफको सहज जित



अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा बिभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लवमाथि ३–० हो सहज जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खेलमा प्रदिप भण्डारीले ७१ औं मिनेटमा गरेको गोलको सहयोगमा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले साविक बिजेता मछिन्द्रमाथि रोमाञ्चक जित निकालेको हो । यस जितसँगै चर्च ब्वाईज जारी लिगको शीर्ष स्थानमा फर्किएको छ । चर्च ब्वाईजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो । चर्च ब्वाईजले १६ खेलमा ३० अंक बनाउँदै दोस्रो स्थानको जावलाखेललाई ३ अंकले पछि पारेको हो । जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मछिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई स्पष्ट जित दिलाउन अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको हो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र बाँकी समयमा सम्हालिएको प्रदर्शन गर्न असफल भएको थियो । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मछिन्द्रबिरुद्ध चर्च ब्वाइज हावी देखिएको थियो । खेलको ४० औं मिनेटमा अञ्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत जाली चुमाउन सफल भएका थिए ।

दोस्रो हाफको ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अञ्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएपछि चर्च ब्वाईजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुगेको थियो । खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो । ओमोलाजा नुरेन करीमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुनः अग्रता लिन सफल रहयो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी नियन्त्रण लिने प्रयास गर्दा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भएको थियो । नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदिपले शुरुवातदेखि पोस्ट सम्हालेका थिए । त्यसपछि बाँकी समय पनि चर्च ब्वाईजले केही अवसर पाएपनि सदुपयोग गर्न असफल नै रह्यो ।

यस्तै लिग अन्तर्गतकै अर्को खेलमा विभागीय डर्बी भिडन्तामा एपिएफले बाजी मारेको छ । आर्मीमाथि उत्कृष्ट खेल देखाएको एपिएफले ३–० को सहजत जित निकाल्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ४१ औं मिनेटमा अर्माण्ड बिडोमले एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । बिडोमले गोलकिपर विकेश कुथुलाई विट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षकले रोक्ने प्रयास गरे बलले गोलको दिशा लिएको थियो । ५४ औं मिनेटमा आभास लामिछानेले टोलीको अग्रता दोब्बार बनाएको खेलको ६२ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपिएफलाई ३–० को सहज जित निश्चित गरेका हुन् ।

यससँगै एपिएफले आर्मीबिरुद्ध लिग दोस्रो लेगमा पनि आर्मीलाई पराजित गरेको छ । पहिलो लेगमा एपिएफ १–० ले विजयी भएको थियो । जितसँगै एपिएफ १६ खेलमा ६ जित, चार बराबरी र ६ हारको नजितसहित २२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलमा पाँच जित, ६ बराबरी र पाँच हारको नतिजासहित २१ अंक जोडेर सातौं स्थानमा झरेको छ ।

लिग अन्तर्गत बिहीवारबाट १७ औं चरणका खेल हुनेछन् । १७ औं चरण अन्तर्गत बिहीवार एक खेल फ्रेण्ड्स क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।