३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मछिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा उक्लिँदा आर्मीमाथि एपिएफको सहज जित

मछिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा उक्लिँदा आर्मीमाथि एपिएफको सहज जित
अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा बिभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लवमाथि ३–० हो सहज जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खेलमा प्रदिप भण्डारीले ७१ औं मिनेटमा गरेको गोलको सहयोगमा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले साविक बिजेता मछिन्द्रमाथि रोमाञ्चक जित निकालेको हो । यस जितसँगै चर्च ब्वाईज जारी लिगको शीर्ष स्थानमा फर्किएको छ । चर्च ब्वाईजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो । चर्च ब्वाईजले १६ खेलमा ३० अंक बनाउँदै दोस्रो स्थानको जावलाखेललाई ३ अंकले पछि पारेको हो । जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मछिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई स्पष्ट जित दिलाउन अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको हो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र बाँकी समयमा सम्हालिएको प्रदर्शन गर्न असफल भएको थियो । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मछिन्द्रबिरुद्ध चर्च ब्वाइज हावी देखिएको थियो । खेलको ४० औं मिनेटमा अञ्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत जाली चुमाउन सफल भएका थिए ।

दोस्रो हाफको ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अञ्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएपछि चर्च ब्वाईजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुगेको थियो । खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो । ओमोलाजा नुरेन करीमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुनः अग्रता लिन सफल रहयो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी नियन्त्रण लिने प्रयास गर्दा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भएको थियो । नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदिपले शुरुवातदेखि पोस्ट सम्हालेका थिए । त्यसपछि बाँकी समय पनि चर्च ब्वाईजले केही अवसर पाएपनि सदुपयोग गर्न असफल नै रह्यो ।

यस्तै लिग अन्तर्गतकै अर्को खेलमा विभागीय डर्बी भिडन्तामा एपिएफले बाजी मारेको छ । आर्मीमाथि उत्कृष्ट खेल देखाएको एपिएफले ३–० को सहजत जित निकाल्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ४१ औं मिनेटमा अर्माण्ड बिडोमले एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । बिडोमले गोलकिपर विकेश कुथुलाई विट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षकले रोक्ने प्रयास गरे बलले गोलको दिशा लिएको थियो । ५४ औं मिनेटमा आभास लामिछानेले टोलीको अग्रता दोब्बार बनाएको खेलको ६२ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपिएफलाई ३–० को सहज जित निश्चित गरेका हुन् ।

यससँगै एपिएफले आर्मीबिरुद्ध लिग दोस्रो लेगमा पनि आर्मीलाई पराजित गरेको छ । पहिलो लेगमा एपिएफ १–० ले विजयी भएको थियो । जितसँगै एपिएफ १६ खेलमा ६ जित, चार बराबरी र ६ हारको नजितसहित २२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलमा पाँच जित, ६ बराबरी र पाँच हारको नतिजासहित २१ अंक जोडेर सातौं स्थानमा झरेको छ ।

लिग अन्तर्गत बिहीवारबाट १७ औं चरणका खेल हुनेछन् । १७ औं चरण अन्तर्गत बिहीवार एक खेल फ्रेण्ड्स क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।