२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ: सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उहाँले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभएको हो ।

“प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरु आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण सङ्घर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्”, उहाँले भन्नुभयो ।

सांसद श्रेष्ठले आन्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड रबरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएका हुन् । घाइते हुने निर्मला बराल र गजेन्द्र फागु लिम्बू हुनुहुन्छ । गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ । उहाँहरुको दमकमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् ।

बिहान ११ बजे बस्ने भनिएको सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर र प्रस्तावबाहेक) माथि छलफल हुने कार्यतालिका छ । अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।