२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप



अ+ अ-

एजेन्सी । श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । 

सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका छन् । 

यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् ।

कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा प्रतिवन्ध लगाउनु पर्ने भएको अधिकारीहरुले जनाएका छन् ।  

सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिवन्धको अवधि लम्व्याउने निश्कर्षमा पुगेको श्रीलङ्काका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिनुभयो । 

राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिवन्ध लम्ब्याउने कुरामा स्वीकृति दिनुभएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहनुभएका प्रधान सेनापति सिल्भाले बताउनुभयो । 

यसअघि लागु गरिएको यात्रा प्रतिवन्धसम्वन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागु हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो ।  

श्रीलङ्कामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।