• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर



एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्धामा दोषी ठहर भएका छन् ।

न्यूज एजेन्सी एपफपीका अनुसार न्यूयोर्कको एक अदालतले ट्रम्पलाई कैरललाई क्षतिपूर्तिका रुपमा ५० लाख डलर दिनुपर्ने फैसला समेत सुनाएको छ । ट्रम्पमाथि सन् १९९० मा यौन दुर्व्यवहार गरेको र त्यसलाई झुठो भनि बदनाम गर्ने प्रयास गरेको आरोप लगाइएको थियो ।

यद्यपि अदालतले कैरलमाथि बलात्कार भएको विषयमा भने जिम्मेवार ठहर गरेको छैन । किनभने यो मुद्दा सिभिल कोर्टमा चलिरहेको छ । दुई सातासम्म म्यानह्याटन संघीय अदालतमा चलेको सुनुवाईमा ट्रम्पलाई पेश गरिएको थिएन । ट्रम्ले यस आरोपलाई अस्वीकार गरेका छन् ।

यो फैसलासँग आगामी राष्ट्रपति निर्वाचनमा लड्ने ट्रम्पको चाहनामाथि ठूलो झट्का लागेको छ । ट्रम्पमाथि ३० लाख डलर मानहानी तथा २० लाख डलर दुर्व्यवहारका लागि जरिवाना लगाइएको थियो । उक्त फैसलाबारे ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथमाथि प्रतिक्रिया दिएका छन् ।

उनले लेखेको छन्, ‘मलाई कुनै पनि तरिकाले यो को महिला हो भन्ने जानकारी छैन । यो फैसला एउटा अपमान हो ।’ ट्रम्पका प्रवक्ताले बयान जारी गर्दै यो डेमोक्रेटिक पार्टीको ट्रम्पका विरुद्ध अभियान सञ्चालन गरिएको दाबी गरिएको छ । उनले यो राजनीतिबाट प्रेरित मुद्दा भएको बताएका छन् । ट्रम्ले फैसलाविरुद्ध अफिल गर्ने पनि बताएका छन् ।