७ श्रावण २०८३, बिहीबार
,
Latest
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न ५ पूर्वप्रधानमन्त्रीको चेतावनी



अ+ अ-

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘सरकारले अलोकतान्त्रिक कदम चालेको’प्रति आलोचना गरेका छन् ।

नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग विज्ञप्तिमा अपिल गरिएको छ ।

विज्ञप्तिमा ‘काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको’ भन्दै आपत्ति जनाइएको छ । ‘चुरे र महाभारत शृंखलामा हुने उत्खननबाट जंगल विनाश भई पानीका मुहान सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।