६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द



अ+ अ-

काठमाडौं । ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’

पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए। पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ। अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन्।’

हुन पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि सक्रिय भइरहँदा पार्टी नेतृत्व हाँकेका, हाल नेतृत्व र वरिपरि रहेका तथा आगामी दिनमा पनि पार्टी नेतृत्वको दाबी गरिरहेका नेताहरूबीच भने बोलचाल बन्दको अवस्था छ। 

एकताको वातावरण बनाउनेभन्दा एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर परिस्थिति झन् जटिल बनाउनेतिर पहिलो पुस्ताका नेताहरू सक्रिय छन्। 

फुटको डिलमा पुगेको एमाले जोगाउन युवा नेताहरू सक्रिय छन्। दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ। दोस्रो पुस्ताका नेताहरू जतिसुकै दौडधुपमा लागे पनि पहिलो पुस्ताका शीर्ष नेताहरूमा देखिएको अहम् नै समाधानमा बाधक बनेको भट्टराईको बुझाइ छ। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।