२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा खानेपानी वितरणको तालिकामा फेरबदल, कुन ठाउँमा कति दिन ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची परियोजनाबाट अबको २ महिना पानी नआउने भएपछि उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको हो ।

यससँगै उपत्यकाका विभिन्न स्थानमा आउने खानेपानीको समय परिवर्तन भएको छ । जसबाट सबैभन्दा बढी प्रभाव ललितपुरको सानेपा, कुपन्डोल क्षेत्रमा पर्ने देखिएको छ । 

ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने लिमिटेडले जनाएको छ । एक सूचना प्रकाशित गर्दै केयुकेएलले वितरण तालिकामा फेरबदल गरेको हो । 

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।