२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन समाप्त, बेनेट बने प्रधानमन्त्री

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन समाप्त, बेनेट बने प्रधानमन्त्री
अ अ+ अ-

जेरुसेलमः इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ ।

इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो । अब इजरायलको प्रधानमन्त्री बेनेट हुनेछन् ।

कूल १२० सदस्यीय संसदमा भएको मतदानमा बेनेटले ६० मत पाएका थिए भने विपक्षमा ५९ मत परेको थियो । बेनेटलाई इजरायलका कट्टरपन्थी यहुदी, बामपन्थी र अरब कट्टरपन्थी समेतका आठ वटा दलको समर्थन थियो ।

सन् २०१९ यता चार पटक संसदको चुनाव गर्दा पनि कुनै दल वा गठबन्धनले बहुमत ल्याउन सकेको थिएन । पाँचौं चुनाव हुने सम्भावना बढेपछि अविश्वसनीय लाग्ने नयाँ गठबन्धन तयार भएको थियो, जसमा बेनेट स्वयंले प्रधानमन्त्री नेतन्याहूको साथ छाडेका थिए ।

बेनेटले धार्मिक अतिराष्ट्रवादी यामिना पार्टीको नेतृत्व गर्दछन् । यो दलले संसदमा सात सिट मात्र जितेको छ, तर नयाँ गठबन्धनमा उनी “किङ मेकर” का रुपमा देखा परेका थिए ।  

नयाँ सत्ता गठबन्धनमा ४९ वर्षीय बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने बाँकी दुई वर्ष मुख्य विपक्षी पार्टीका नेता याईर लापिड प्रधानमन्त्री हुनेछन् ।

प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतन्याहूको कटु आलोचना गर्दथे । उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए, र संसदमा सन् २०१३ मा पहिलो पटक चुनिएका थिए ।

प्रधानमन्त्री नेतन्याहूको मन्त्री परिषदमा उनले महत्वपूर्ण मन्त्रालय सम्हाल्नुका साथै रक्षा मन्त्रीको समेत कार्यभार लिएका थिए । एपी