२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि भेरोसेल खोप अभियान पुनः सञ्चालनमा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभियान सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ।

आज (सोमबार) र भोली (मंगलबार) गरि दुई दिनमात्र सञ्चालन हुने उक्त कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिईने काठमाडौं महानगरपालकिाले जनाएको छ। 

महानगरकाअनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ। यसअघि ६४, ६३ र ६२ वर्ष उमेरका नागरिकले खोप लगाएका थिए भने महानगरले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो। 

अहिले पुनः सञ्चालनमा ल्याईएको उक्त कार्यक्रम बिहान १० देखि ४ बजेसम्म जारी रहने महानगरले जनाएको छ। खोप लगाउनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने महानगरले जनाएको छ।