२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि भेरोसेल खोप अभियान पुनः सञ्चालनमा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभियान सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ।

आज (सोमबार) र भोली (मंगलबार) गरि दुई दिनमात्र सञ्चालन हुने उक्त कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिईने काठमाडौं महानगरपालकिाले जनाएको छ। 

महानगरकाअनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ। यसअघि ६४, ६३ र ६२ वर्ष उमेरका नागरिकले खोप लगाएका थिए भने महानगरले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो। 

अहिले पुनः सञ्चालनमा ल्याईएको उक्त कार्यक्रम बिहान १० देखि ४ बजेसम्म जारी रहने महानगरले जनाएको छ। खोप लगाउनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने महानगरले जनाएको छ।