२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५० जनालाई मात्र खोप लगाउने भएपछि महानगरवासीले गरे विरोध



अ+ अ-

काठमाडौं । मिनभवनस्थित सिभिल हस्पिटल (निजामति कर्मचारी अस्पताल) मा कोभिड-१९विरुद्धको 'भेरोसेल' खोप लगाउन गएका काठमाडौंवासीले विरोध गरेका छन् । अस्पताल प्रशासनले २५० जनालाई मात्र खोप लगाउन सकिने बताएपछि महानगरवासीले विरोध गरेका हुन् ।

दुई दिनअघि काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र काठमाडौँ स्वास्थ्य कार्यालयको संयुक्त बैठकले रोकिएको खोप कार्यक्रम आजदेखि सुचारु गर्ने सहमति गरेको थियो ।

अस्पताल परिसरमा बिहानैदेखि खोप लगाउनेको भिड लागेको छ । ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूले खोप लगाउन पाउने भएपछि उनीहरू बिहानैदेखि लाइन बस्न पुगेका हुन् । महानगरवासीले खोप पुग्दैन भने स्वास्थ्य मन्त्रालयलाई खबर गर्न र नागरिकले पाउने खोपको सुविधा नरोक्न आग्रह गरिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुली भन्नुहुन्छ, 'सबैले खोप लगाउन पाउँने छन्" । "रोकिएको खोप कार्यक्रममा पनि ६० देखि ६४ वर्ष उमेरका मानिसले खोप लगाउँन पाउने पराजुलीले बताउनु भयो । उहाँले अन्य उमेर समूहका मानिस गएकाले प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको जानकारी दिनुभयो ।