२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

२५० जनालाई मात्र खोप लगाउने भएपछि महानगरवासीले गरे विरोध

२५० जनालाई मात्र खोप लगाउने भएपछि महानगरवासीले गरे विरोध
अ अ+ अ-

काठमाडौं । मिनभवनस्थित सिभिल हस्पिटल (निजामति कर्मचारी अस्पताल) मा कोभिड-१९विरुद्धको 'भेरोसेल' खोप लगाउन गएका काठमाडौंवासीले विरोध गरेका छन् । अस्पताल प्रशासनले २५० जनालाई मात्र खोप लगाउन सकिने बताएपछि महानगरवासीले विरोध गरेका हुन् ।

दुई दिनअघि काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र काठमाडौँ स्वास्थ्य कार्यालयको संयुक्त बैठकले रोकिएको खोप कार्यक्रम आजदेखि सुचारु गर्ने सहमति गरेको थियो ।

अस्पताल परिसरमा बिहानैदेखि खोप लगाउनेको भिड लागेको छ । ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूले खोप लगाउन पाउने भएपछि उनीहरू बिहानैदेखि लाइन बस्न पुगेका हुन् । महानगरवासीले खोप पुग्दैन भने स्वास्थ्य मन्त्रालयलाई खबर गर्न र नागरिकले पाउने खोपको सुविधा नरोक्न आग्रह गरिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुली भन्नुहुन्छ, 'सबैले खोप लगाउन पाउँने छन्" । "रोकिएको खोप कार्यक्रममा पनि ६० देखि ६४ वर्ष उमेरका मानिसले खोप लगाउँन पाउने पराजुलीले बताउनु भयो । उहाँले अन्य उमेर समूहका मानिस गएकाले प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको जानकारी दिनुभयो ।