६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु



अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । (रासस, राजकुमार पराजुली)