२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : प्याट्रिक सेकको दुई गोलले चेक गणतन्त्र विजयी



अ+ अ-

ग्लास्गोः सन् २०२० को युरो फुटबल अन्तर्गत सोमबार साँझ भएको पहिलो खेलमा प्याट्रिक सेकको दुई गोल मद्दतले चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

प्याट्रिकले सम्भवतः यस प्रतियोगिताकै उत्कृष्ट गोल गरेका थिए । मैदानको झण्डै मध्य भागबाट हानेको गोल सिधै गोलपोस्टमा छिरेको थियो । स्कटल्यान्डका गोलकिपर डिबक्सको बाहिर रहेको मौका छोपी प्याट्रिकले सिधै गोलपोस्टमा प्रहार गरेका थिए ।

प्याट्रिकले खेलको ४२ र ५२ मिनेटमा गोल गरेर आफ्नो टिमलाई विजयी तुल्याए । यद्यपी दुबै टिमबाट एकअर्का गोलपोस्टमा पटकपटक सुन्दर आक्रमण गरे पनि गोलकिपरले त्यतिकै सुन्दर बचाउ गरेका थिए ।

समूह डी मा चेक गणतन्त्र, इङल्यान्ड, क्रोएसिया र स्कटल्यान्ड रहेका छन् । एक एक खेल जितेका इङल्यान्ड र चेक गणतन्त्रको ३–३ अंक भएको छ ।

आजै राति दोस्रो खेलमा समूह इ को पोल्यान्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा जारी छ । मध्य राति स्पेन र स्वीडेनबीच खेल हुँदैछ । एपी