२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यममन्त्रीलाई  विश्‍वप्रकाशको सुझाब : आलोचित हुन एक गल्तीभ्रम काफी हुन्छ !



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई खुला पत्र लेख्नुभएको छ ।  सामाजिक संञ्जाल मार्फत शर्माले मुख्यमन्त्री पोखरेललाई सुझाबहरु दिनुभएको छ  । 

पत्रमा शर्माले लेख्नु भएको छ– मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने छ त्यसका लागि राम्रो काम गर्नुहोला । उहाँले राम्रो सावित हुन धेरै राम्रो  गर्नुपर्ने भन्दै,आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुने स्मरण गराउनु भएको छ । उहाँले निर्णय गर्दा   छायाको होइन ऐनाको सुझाव लिन सुझाब दिदै फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ भनेर स्मरण गराउनु भएको छ ।  

प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीलाई  गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न समेत सुझाब दिनुभएको छ । उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्‍न र इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । 

उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्नु सुझाब दिदै पद आउँने जाने तर स्मृतिमा  कर्महरू रहिरहने भएका कारण इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नु सुझाव दिनुभएको छ ।