२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै स्काउटकी शिवानी

सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै स्काउटकी शिवानी
अ अ+ अ-

झापा । “कोरोनाले मृत्युवरण गरेका सङ्क्रमितको शवलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शव व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । म भित्रको आत्मविश्वास छिटै बलियो भएर आयो । अनि फटाफट सामान्य काम सरह शवको सहज व्यवस्थापनमा जुटेँ ।”

यी भनाइ हुन्–जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका सङ्क्रमित शव व्यवस्थापनमा जुटिरहेका भद्रपुर नगरपालिका–६ की शिवानी देवानको । नेपाल स्काउटका सहायक प्रशिक्षक उहाँले नेपाली सेनाबाट शव व्यवस्थापनसम्बन्धी हालै तालिम समेत लिनुभएको थियो । यसपश्चात नौ  शवको उहाँ  आफैले व्यवस्थापन (जलाउने र गाड्ने) गरिसकेको बताउनुभयो ।

जिल्लामा गत वर्षदेखि नै  सेनाको विशेष टोलीले शव व्यवस्थापनको काम गर्दै आएको थियो ।  कोरोना महामारीको दोस्रो लहर चलिरहँदा सेनाको एउटा टोली एकै दिनमा अलग अलग स्थानमा धेरै शवको व्यवस्थापनमा जुटिरहँदा प्रदेश स्काउटले सहकार्यका लागि प्रस्ताव  ग-यो । सेनाले साहसिक कार्यमा जहिल्यै अग्रसर हुने  स्काउटका छानिएको टोलीलाई शव व्यवस्थापनसम्बन्धी विस्तृत तालिम दियो । हाल जिल्लामा १७ जना स्काउटले यो तालिम लिएर काम गरिरहेका छन् । 

शव व्यवस्थापनको एउटा टोलीमा चार जना हुन्छन् । तालिमप्राप्त स्काउटका सदस्यलाई हाल चन्द्रगढीथित स्काउटको कार्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय पालिकाले कोरोनाबाट मृत्यु भएको खबर दिएपछि उनीहरु शव व्यवस्थापनका लागि अस्पताल, घर र घाट सबैतिर पुग्ने गर्छन् ।

“मेची अस्पतालमा कोरोनाबाट कसैको मृत्यु भयो भने हामी त्यहीँ पुग्छौं र शवलाई प्लास्टिकले बेरेर शबबाहनमा राखिदिन्छौँ,” शिवानीले भन्नुभयो, “घरमा मृत्यु भएको रहेछ भने घरमै पुग्नुपर्छ । शवलाई जलाउने बेलामा घाटमा पुगेर गाडीबाट शव उतार्ने, स्यानिटाइजर छर्किने र चितामा राख्ने काम हामी आफैँले गर्छौं ।”

गत जेठ ९ देखि १२ गतेसम्म सेनाले दिएको शव व्यवस्थापनसम्बन्धी तालिममा शवलाई कसरी प्लास्टिकले बेर्ने, स्यानिटाइनर कसरी लगाउने, गाड्दा वा जलाउँदा कसरी व्यवस्थापन गर्ने र यी काम गरिरहँदा सङ्क्रमणबाट कसरी आफु सुरक्षित रहने भन्ने सिकेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश स्काउटले नै शव व्यवस्थापनमा खटिएको स्काउट टोलीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पिपिई, फेसमास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइरहेको छ । शिवानीले विश्व महामारीका बेला देशलाई सङ्कट पर्दा आपूmले स्यम्सेवा गर्न पाएकोमा गौरव अनुभूति भइरहेको बताउनुभयो ।

उहाँलाई परिवारबाट यो काममा प्रोत्साहन रहेको छ । उहाँकी आमा रुक्मिनी देवान ललितपुर नर्सिङ क्याम्पसकी शिक्षिका हुनुहुन्छ । “स्काउटबाट यो कामको प्रस्ताव आएपछि मैले गर्छु भनिहालेँ । पछि आमाबुवालाई सोध्दा हौसला दिनुभयो । राम्रो काम हो छोरी गर भन्नुभयो,” उहाँले आफूलाई परिवारको दर्विलो साथ रहेको सुनाउँदै भन्नुभयो, “यसअघि मान्छे मर्दा मलामीसम्म गएकी थिएँ, तर लाशको छेउछाउ जाँदिनथे । अहिले त लाश बोक्ने, चितामा राख्ने जस्ता सबै काम गर्दा कुनै डर लागेको छैन ।”

नेपाली समाजमा पुरुषले मात्र शव व्यवस्थापनको काम गर्दै आएको पाइन्छ । लाश बोक्ने र जलाउने काममा पुरुष नै अग्रसर हुने गर्छन् । मलामीका लागि पानी र खाजा बोक्ने काममा मात्र महिला खटिने गर्छन् । तर अब महिलाले पनि जस्तोसुकै जोखिमका काम गर्न सक्छन् भनेर शिवानी र उहाँका साथीले सावित गरेका छन् । सत्र जनाको स्काउट टोलीमा शिवानी र पूजा कँडेल मात्र महिला स्वयम्सेवी छन् । शव व्यवस्थापनको जटिल र जोखिमपूर्ण कार्यमा स्वयम्सेवाको भावनाले होमिएको उहाँले बताउनुभयो ।

 सेनाको चारआलीस्थित नयाँ श्रीनाथ गणका गणपति अम्बरजङ्ग थापाले स्काउटको टोलीले सेनासँगको सहकार्यमा शव व्यवस्थापन सफलतापूर्वक गरिरहेकोमा प्रशंसा गर्नुभयो ।  “देशमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा देश र जनताका लागि सेवा प्रदान गर्दै आएको स्काउटले कोरोना सङ्क्रमणको दौरानसमेतमा सेनासँग सहकार्य गरेर शव व्यवस्थापनको सम्बेदनशील काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “स्वतःस्फुर्तरुपमा नेपाल स्काउट दुःखीको साथीको रुपमा आउनु खुशीको विषय हो । विपतमा स्काउटले पु¥याएको सहयोग सराहनीय छ ।”

 सेनाको नयाँ श्रीनाथ गणले हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु भएका ३०३ जनामध्ये २१५ जनाको शव व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ७५ जनाको मृतकका परिवार आफँैले गरेका छन् भने १३ जनाको शव व्यवस्थापन स्काउटको टोलीले गरेको छ  । – चन्द्रकला भण्डारी रासस 
–––