२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ
अ अ+ अ-

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो । 

सो अवसरमा उहाँले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताउनुभयो । योगलाई जनजनमा पु¥याउन रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पार्नुभयो । 

योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुसहितको उपस्थिति थियो । रासस