२४ श्रावण २०८३, आईतवार
,
Latest
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति नेपाल फर्काइयो



तस्बिरः नेपाली महावाणिज्य दूत ऋषि ढकालको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो ।

क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपालबाट चोरी भएका थिए ।

दूतावासले ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा पुरातात्विक सम्पदाहरूको संकलन गर्ने व्यक्तिसम्म पुगेको र उनीबाट फिर्ता पाउन सकिएको जनाएको छ ।

सन् १९७० मा नृत्यादेवी र बुद्धको दुवै मूर्ति चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिनअघि अप्रिल १२ मा हस्तान्तरण गरेको दूतावासले जनाएको छ ।

निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेको भन्दै दूतावासले धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ ।