८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार
अ अ+ अ-

रामपुर । तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गर्नुभएको हो ।

तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी हुनुहुन्छ । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उहाँको सोच छ ।

“आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन”, देवकोटाले भन्नुभयो । उहाँको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ । देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाउनुभएको छ । बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज ९बेस० नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ । हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन् । यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन् ।

परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि ९आर्थिक वर्ष २०७७÷७८० को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ । अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ वीउ बोका उपलब्ध गराएको छ ।

महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवद्र्धन कार्य भइरहेको छ । समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताउनुभयो ।

घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । “उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ”, उहाँले भन्नुभयो । यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन् ।

रामपुर नगरपालिकामा सञ्चालन भइरहेको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आयस्रोत वृद्धि गर्न स्थानीय तहले बेला बेलामा अनुगमन, समूहलाई क्षमता विकास तालिमलाई जोड दिँदै छोटो समय अवधि नभई कम्तीमा पनि तीनदेखि चार वर्षको समय अवधिसम्म कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुहुन्छ, पछौटेपन उन्मुलन समाज ९बेस० नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय ।

स्थानीय सरकारको साझेदारीमा हाल पाल्पाका दश स्थानीय तह रामपुर र तानसेन नगरपालिकासहित गाउँपालिकातर्फ निस्दी, पूर्वखोला, रिब्दीकोट, रम्भा र तिनाउँमा बाख्रापालनलगायतका विभिन्न कृषि तथा पशुपालनका कार्यक्रम चलिरहेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ । पहिला बाख्रा र पशुमा मात्र सञ्चालन गरिएको कार्यक्रम अहिले भने पालिकाको समन्वयमा कृषि तथा पशुपालनमा सञ्चालन भइरहेको न्यौपानेले जानकारी दिनुभयो ।

हेफरले पालिकासँगको समन्वयमा २०७८ सालदेखि कार्यक्रम गरिरहेको छ । पाल्पामा सन् २००१ देखि नै प्रारम्भ भएको हेफर प्रोजेक्ट कार्यक्रममा जोडिएका स्थानीयले बाख्रापालनबाट मनग्य आम्दानी लिन सफल भएका छन् । बाख्रापालन नै स्थानीयको मुख्य आयआर्जनको स्रोत बनेको छ । गत आर्थिक वर्षमा पाल्पा जिल्लाबाट करिब रु २० हजार खसीबोका बिक्री गरिएका थिए । रासस