२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरामा च्यापिएर एकको मृत्यु, दुई घाइते



सांकेतिक तस्बिर
अ+ अ-

डोटी । पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् ।

गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिनुभयो । उहाँका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।

पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको बताइएको छ । रासस