२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा वर्षेनी प्राकृतिक बिपत्ति, यी हुन् ७ वर्षयताका मुख्य घटना



अ+ अ-

काठमाडौं। गएको कम्तीमा पनि सात वर्षयता सिन्धुपाल्चोकलाई निरन्तर रुपमा प्राकृतिक बिपत्तिले सताएको छ । मंगलबार राति पनि यस्तै भयो । सिन्धुपाल्चोकमा गएरातिको बाढीले ताण्डव मच्चाएको छ । जसका कारण यहाँ ठूलो क्षति भएको छ। अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको त छैन तर पनि ५० जना भन्दा बढी मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ।

यहाँका झोलुङ्गे पुल र मोटरबाटो जोड्ने पुलहरु बगाएको वा क्षति पुराएको छ। बुधबार बिहानैदेखि नेपाली सेनाले उद्धारको कार्य जारी राखेको छ। तर पनि बाढीको बितन्डा अहिले पनि निरन्तर नै छ ।  

यहाँ विगत ७ वर्षदेखि नै यस्तै ठूला ठूला प्राकृतिक विपत्तिहरुको भएका छन्। सिन्धुपाल्चोकमा भएका ठूला विपत्तिका घटनाहरु निम्न छन् । 

यस जिल्लामा विसं २०७१ मा जुरेमा पहिरो गयो । यो पहिरोामा परेर कैयौँको ज्यान गएको थियो । त्यसैगरी विसं २०७२ को विनाशकारी भूकम्प, ७३ सालको भोटेकोशीको बाढीलगायत ७७ सालमा आएको बाढीका कारण पनि उक्त जिल्लामा ठूलो धनजनको क्षति भएको छ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो। पहिरोले १ सय ५३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए।

त्यसपछि २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका १३ र २९ गतेका त्यसका पराकम्पनका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो। भूकम्पमा परी १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भए।

त्यसैगरी विसं २०७३ को असार २१ गते भोटेकोशीमा आएको बाढीले लिपिङ बजार र तातोपानी नयाँ बस्तीका ३० घर बगाएर लग्यो । यसबाट अरनिको राजमार्ग बन्द भयो। २०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाउनुका साथै २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परेको तथ्याङ्कहरुले देखाउँछन्।

त्यसैगरी गतवर्ष पनि असार २४ गते राती बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरियो। यसमा परेर २ जनाको मृत्यु, १७ जना वेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका थिए।

उता भोटेकोशी गाउँपालिकाको बुल्कुटेमा गएको पहिरोले एक जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता भए। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित हुन पुग्यो।

गत वर्ष पनि यहाँ ठूलो क्षति भयो । गत वर्षको असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए। साउन १८ राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको ज्यान गयो, सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो।

त्यसैगरी गत वर्षको साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका थिए । त्यस पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भएको पछि पुष्टि भएको थियो।

यसरी प्राकृतिक बिपत्तिले सधैँ सिन्धुपाल्चोकलाई यस्तो क्षति गरिरहेको छ ।