२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भड्काउने भाषण गरेको आरोपमा मिथुन चक्रवर्तीसँग सोधपुछ



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता मिथुन चक्रवर्ती प्रहरीको फन्दामा परेका छन् । विधानसभा निर्वाचनका बेला उनले सर्वसाधरण भड्काउने किसिमको भाषण गरेको आरोपमा कोलकाता प्रहरीले चक्रवर्तीसँग सोधपुछ गरेको हो। 

कोरोना महामारीलाई ध्यानमा राखी मिथुनसँग प्रहरीले भर्चुअली ४५ मिनेट सोधपुछ गरेको थियो। कोलकाता उच्च अदालतमा मिथुनविरुद्ध मुद्दा पनि परेको छ। उक्त मुद्दा खारेजीको माग गरेपनि अदालतले अस्वीकार गरेको थियो। बिबिसी