५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्को र कीभबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने



अ+ अ-

टोकियो । जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै  देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ ।

जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ 'केही' कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ ।
 
यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन्। वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ । (रासस/एएनआई)