२२ असार २०८३, सोमबार
,
Latest
सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल बाढी पहिरो पिडितलाई सरकारले उद्धार र राहत दिनुपर्छ : महामन्त्री कोइराला



अ+ अ-

काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले अविरल वर्षापछिको बाढि पहिरो प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसंग समन्वयम गरि उद्धार र राहतकार्यमा खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत जारि गरिएको ब्यक्तब्यमा कोइरालाले देशका विभिन्न भागमा बाढी पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दुख ब्यक्त गरेका छन। तेस्तै बेपत्ता रहेका सम्पूर्णहरुको खोजि कार्य तिब्र गर्दै उद्धार र राहतका काम एवं घाइतेको उपचार प्रभावकारी ढंगले गर्न कोइरालाले सरकारसंग अनुरोध गरेका छन।

कोइरालाले बाढी-पहिरोमा परेर ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन।

“लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी पहिरोले पुर्‍याएको जनधनको क्षतिले अत्यन्तै दुःखी तुल्याएको छ। बाढी-पहिरोमा परेर ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

ब्यक्तब्यमा भनिएको छ, “बेपत्ता रहेका सम्पूर्णहरुको खोजि कार्य तिब्र गर्दै उद्धार र राहतका काम एवं घाइतेको उपचार प्रभावकारी ढंगले गर्न सरकार संग अनुरोध गर्दछु। यस विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन समेत सबैमा अपिल गर्दछु । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन संग समन्वयम गरि उद्धार कार्यमा खटिन समेत आग्रह गर्दछु।”