काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मेलम्चीका बाढी र पहिरो पीडितहरूको उद्दार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई बिदाई गर्नुभएको छ ।
पार्टी कार्यालयमा महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई बिदाई गर्नुभएको हो । अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी छन् । राहत तथा उद्दार टोलीले पीड़ितहरूलाई वितरण गर्न २र२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।
महासचिव पोखरेलले नेकपा ९एमाले० का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभएको छ ।